नेपालको क्रिकेटसँग जोडिन पाउन निकै उत्साहित छु : नवनियुक्त स्टुअर्ट ल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट लले नेपालको क्रिकेटसंग जोडिन पाउन निकै उत्साहित भएको बताएका छन् ।
शनिबार मुलपानी क्रिकेट मैदानमा सञ्चारकर्मीसँगको अन्तक्रियामा उहाले नेपाली युवा खेलाडीको प्रतिभा देखेर आफुले नेपालको प्रशिक्षकका लागि आवेदन दिएको उल्लेख गर्दै नेपालको क्रिकेटसंग जोडिन पाउन निकै उत्साहित भएको बताए ।
उनले सवैको मुख्य लक्ष्य नेपाललाई फेरि विश्वकपमा पुर्याएका र त्यसमा ध्यान केन्द्रीत गर्ने उल्लेख गरे । नेपालमा व्यावसायिक क्रिकेट संरचना र अभ्यास सुविधा निकै राम्रो देखिएको उनले बताए ।
उनले अहिले क्रिकेट टीममा व्यापक परिवर्तन भन्दा पनि खेलाडीलाई दिनुपर्ने भूमिकामा स्पष्टता देखिएको जिकिर गरे ।
त्यस्तै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले अहिले नै प्रशिक्षकलाई धेरै बोझ दिने भन्दा पनि एकदिवसीय मान्यतामा ध्यान केन्द्रीत गर्नुपर्ने बताए । नयाँ प्रशिक्षकसंग रहेर नेपाली टीमले राम्रो नजिता निकाल्ने उनले बताए ।
प्रतिक्रिया