गोलबजारमा बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद
नेपालखोज
२०७७ भदौ २६ गते १०:३५
सिरहा । सिरहाको गोलबजार नगरपालिका–१० बाट प्रहरीको टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको हो ।
बरामद भएको बन्दुक वनक्षेत्रमा गस्तीका लागि आएकाहरुले प्रहरीलाई देखेपछि छाडेर भागेको हुनसक्ने प्रहरीको अनुमान छ ।
सम्बन्धित
प्रतिक्रिया