मंगलबार, असार १७, २०८२

शुक्रबार सुनको मुल्य ३ सयले घट्यो

नेपालखोज २०७७ भदौ २६ गते ११:४२

काठमाडौँ । शुक्रबार सुनको मुल्य ३ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९६ हजारमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार सुन तोलाको ९६ हजार ८ सयमा कारोबार भएको थियो । त्यसैगरी शुक्रबार चाँदीको मुल्यमा पनि सामान्य गिरावट आएको छ ।

शुक्रबार चाँदीको मुल्य तोलामा १५ रुपियाँले घटेर १३ सय १० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया