हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत व्यवस्था संसोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम प्रक्रियागत व्यवस्था, २०७० (पाँचौँ संशोधन २०८२)’ संसोधन प्रस्तुत गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७६ बमोजिम यस बैंकबाट स्वीकृति लिई हायर पर्चेज कर्जा मात्र दिने कम्पनीहरुको हकमा लागू हुने गरी त्यस्तो हायर पर्चेज कर्जा दिन स्वीकृति दिने सम्बन्धमा देहाय बमोजिमको नीतिगत एवं प्रक्रियागत व्यवस्था लागू गरिएको हो, राष्ट्र बैंकले भनेको छ ।
राष्ट्र बैंकका अनुसार यो व्यवस्थाको नाम ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम प्रक्रियागत व्यवस्था, २०७० (पाँचौँ संशोधन २०८२)’ रहेको छ । २) यो व्यवस्था तुरुन्त प्रारम्भ हुनेछ । हायर पर्चेज कर्जा दिने कम्पनीको न्यूनतम चुक्ता पुँजी (साधारण शेयर) रु. ३० करोड हुनुपर्नेछ ।
हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने प्रक्रिया अन्र्तगत हायर पर्चेज कर्जा दिने कम्पनीले स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष अनुसूची( १ बमोजिमको ढाँचामा निवेदनको साथ कम्पनीको चुक्ता पुँजीको ०.२ प्रतिशतले हुने रकम बराबर स्वीकृति दस्तुर (फिर्ता नहुने) यस बैंकमा बुझाएको भौचर सहित आवस्यक विवरण तथा कागजातहरु समेत संलग्न गरी निवेदन दिनुपर्नेछ । हायर पर्चेज कर्जा दिन स्वीकृतिका लागि कम्पनीले यस बैंक समक्ष निवेदन दिँदा कम्पनीको संचालक समितिले देहायका विषयहरुमा प्रतिबद्धता जाहेर गरेको कागजात पनि निवेदनको साथ पेश गर्नुपर्नेछ ।
परिपत्र अनुसार नेपाल राष्ट्र बैंकले समय समयमा तोकिदिए बमोजिमको न्यूनतम चुक्ता पुँजी कायम राख्ने व्यहोरा, कारोवार संचालन गर्न आवश्यक पूर्वाधार तयार गरी सेवा तथा सुविधा प्रदान गर्न सक्ने पर्याप्त आधार रहेको व्यहोरा, र हायर पर्चेज कर्जा दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेका शर्तहरु पालना गर्ने मन्जुरी नामा पनि हायर पर्चेज कारोबार गर्ने कम्पनीहरुले पेस गर्नुपर्ने छ । हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि किसिमले निक्षेप वा बचत संकलन गर्न नपाउने संसोधित व्यवस्थामा उल्लेख छ ।
प्रतिक्रिया