मंगलबार, वैशाख १६, २०८२

अरुण नदीमा जीप खस्दा तीन घाइते

नेपालखोज २०८२ वैशाख १५ गते २०:२१

खाँदबारी । सङ्खुवासभाको खाँदवारी नगरपालिका–९ तुम्लिङ्टारबाट धनकुटाको हिलेतर्फ जाँदै गरेको जीप अरुण नदीमा खस्दा तीन जना घाइते भएका छन् ।

प्रदेश १ ०२ ००२ च ४१०३ नम्बरको बलेरो जीप दुर्घटना हुँदा खाँदवारी नगरपालिका–९ का रमेश राई, मकालु गाउँपालिका–५ का चालक किरण गुरुङ र पैदलयात्री चैनपुर नगरपालिका–११ का ढोकरबहादुर पाण्डे घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले धर्मदेवी नगरपालिका–८ सूर्तिवारीमा पैदलयात्रीलाई ठक्कर दिएर गाडी अनियन्त्रित भएर नदीमा खसेको जानकारी आएको बताए ।

गाडी अरुण नदीमा डुबिसकेको छ । गाडी नदीबाट झिक्न सक्ने अवस्था नरहेको डिएसपी बस्नेतले बताउनुभयो । गाडीमा सवार तीन जनाको उद्धार गरेर मनकामना अस्पताल तुम्लिङटारमा उपचार भइरहेको छ । दुर्घटनाका बारेमा विस्तृत विवरण आइसकेको छैन । रासस

प्रतिक्रिया