नेशनल माइक्रोफाइनान्सको १ लाख १० हजार कित्ता संस्थापक शेयर लिलामी हुँदै
नेपालखोज
२०७७ भदौ २६ गते १२:३०
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले असोज २ गतेदेखि १ लाख १० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ ।
माइक्रोफाइनान्समा आवेदन दिन ईच्छुक आवेदकले कात्तिक ६ गतेसम्म आवेदन दिन सक्ने जानकारी गराइएको छ । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू ७२५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
शेयर खरीदको लागि बोलकबोल गर्दा आवेदकले न्यूनतम १ हजार कित्ताको लागि आवेदन गर्न सक्नेछन् भने अधिकतमको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी गराएको छ । एनआईबिएल एस क्यापिटल लिमिटेडमा आवेदन बुझाउन सकिने छ ।
सम्बन्धित
प्रतिक्रिया