‘दिलको राजा दिलकी रानी’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं। गायक गोपिकृष्ण खतिवडा र गायिका जमुना खतिवडाको स्वरमा रहेको नयाँ लोकगीत ‘दिलको राजा दिलकी रानी’ को म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । प्रेम भाव र पारिवारिक आत्मीयता समेटिएको यस गीतमा शब्द र सङ्गीत स्वयं गोपिकृष्ण खतिवडाले तयार पारेका हुन्। जमुना खतिवडाको सुमधुर स्वरले गीतमा मिठास थपेको छ भने रमण थामीको सङ्गीत संयोजनले आधुनिक र आकर्षक बनाएको छ।
गीतको रेकर्डिङ अनिश योञ्जनले त्रिताल रेकर्डिङ स्टुडियो अनामनगरमा गरेका हुन्। मिक्सिङ सुन्दर लामाले गरेका छन् भने गिटारमा सबिर कार्की, मादल, तबला र ढोलकमा अनिल मगर र बाँसुरीमा सम्पूर्ण लामाको योगदान रहेको छ। सङ्गीत पक्षमा प्रयोग भएका पारम्परिक बाजा र आधुनिक संयोजनको मेल दर्शकका लागि आकर्षणको विषय बनेको छ।
म्युजिक भिडियोमा भीमसेन खतिवडा, नारायण चौलागाईं र सरस्वती चौलागाईंको अभिनय समावेश छ । उनीहरूले गीतको भावलाई गहिरो अभिनयमार्फत प्रस्तुत गरेका छन् । नृत्य निर्देशन आशिष लामाले गरेका छन् भने सुबिन दाहालले सम्पादनमार्फत भिडियोमा प्रवाह र सौन्दर्यता थपेका छन्।
भिडियोलाई ठाकुर खतिवडाले निर्देशन गरेका हुन् । ‘दिलको राजा दिलकी रानी’ को छायाङ्कन मेलम्ची नगरपालिका–२ र काठमाडौँको गोकर्णेश्वर क्षेत्र मा गरिएको हो, जसले ग्रामीण र सहरी वातावरणलाई सँगसँगै प्रस्तुत गरेको छ। भिडियो Jamuna Khatiwada युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
गीतले नेपाली लोक संगीतको मौलिकता, पारिवारिक सम्बन्ध र प्रेम भावनालाई आधुनिक दृश्य प्रभावमार्फत दर्शक–श्रोतासमक्ष प्रस्तुत गर्ने प्रयास गरेको छ। लोक–प्रेमी दर्शकले गीतलाई सकारात्मक प्रतिक्रिया दिने अपेक्षा गरिएको छ।
भिडियो
प्रतिक्रिया