१५ अंकले घट्दा सात अर्ब ५७ करोडको शेयर किनेबच

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन १४ दशमलव ५३ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि १५ दशमलव आठ अंकले घटेर २६ सय ३१ दशमलव ९८ अंंकमा झरेको छ ।
यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९३ अंकले घटेर चार सय ४३ दशमलव ५४ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय ११ वटा कम्पनीहरुको ६६ हजार दुई सय ६५ पटकको कारोबारमा एक करोड ८४ लाख ९१ हजार नौं सय ४१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ५७ करोड ५२ लाख छ हजार दुई सय ७८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा एउटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये सामुहिक लगानी कोष समुहको सुचक शुन्य दशमलव शुन्य एक अंकले बढेर १९ दशमलव ५७ अंकमा चढेको छ । वाणिज्य बैंक समुहको सुचक भने सात दशमलव एक अंकले घटेर १३ सय १४ दशमलव शुन्य एक अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ३६ दशमलव ६४ अंकले घटेर पाँच हजार तीन सय ५३ दशमलव ८९ अंकमा झरेको छ ।
फाईनान्स समुहको सुचक पनि २६ दशमलव ९५ अंकले घटेर २४ सय ३१ दशमलव आठ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि चार दशमलव ७६ अंकले घटेर तीन हजार चार सय ८७ दशमलव ७१ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि ६८ दशमलव ३५ अंकले घटेर १३ हजार ३८ दशमलव २२ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि १६ दशमलव ५२ अंकले घटेर १२ हजार दुई सय ७७ दशमलव ७५ अंकमा झरेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः ४० दशमलव ७४, शुन्य दशमलव ९६, २५ दशमलव १८, ३६ दशमलव ४३, १७ दशमलव २३ र २३ दशमलव ५५ अंंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मध्य भोटेकोशी जलबिद्युत कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सानिमामाई हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ ।
प्रतिक्रिया