शुक्रबार, वैशाख १९, २०८२

मेरो माईक्रो फाइनान्सले कर्मचारीलाई दियाे नेतृत्व विकास तथा क्षमता अभिवृद्धि प्रशिक्षण तालिम

नेपालखोज २०८२ वैशाख १७ गते १३:२३

काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले फिल्डमा कार्य गर्ने कर्मचारीहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि प्रशिक्षण तालिम चितवनमा सम्पन्न गरेको छ ।

तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले कर्मचारीहरुको सुझाब तथा गुनासो सम्बोधन गर्नु हुदै वर्तमान अवस्थामा देखिएका सम्भावित जोखिमहरूलाई सहज र दिगो ढंगले व्यवस्थापन गर्न यो तालिमले सहयोग पुग्ने विश्वास लिइएको बताए ।

साथै, फिल्डमा कार्यरत कर्मचारीहरूले अझै गुणस्तरीय सेवा प्रवाह गरेर अब्बल बनाउन मद्दत पुग्नेमा आफू बिश्वस्त रहेको समेत बताए ।संस्थाले प्रदेश १ र २ का फिल्डमा कार्य गर्ने दुई सय आठ जना कर्मचारीहरुलाई दुई दिने प्रशिक्षण दिइएको हो ।

सो तालिम अन्तर्राष्ट्रिय मोटिभेश्नल स्पीकर सौनक भट्ट, लघुबित्त बिज्ञ शिव हरि देवकोटा, श्रवणकुमार सपोर्ट प्रा लिका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेल, संस्थाका तालिम बिभाग प्रमुख उमेश मान डंगोलले सहजीकरण गरेका थिए ।

मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरका आफ्ना कर्मचारीहरुलाई बैशाख महिनाभर विभिन्न स्थानमा तालिम दिइरहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया