रोकिएन नेप्सेको ओरालो यात्रा, आठ अंकले घट्दा नौ अर्ब ३७ करोडको किनबेच

काठमाडौं । नेप्सेको निरन्तरको ओरालो यात्राले साताको चौंथो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १५ अंकले घटेको नेप्से आज पुन: आठ दशमलव १४ अंकले घटेर २६ सय २३ दशमलव ८३ अंकमा झरेको छ ।यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५३ अंकले घटेर चार सय ४२ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय १४ वटा कम्पनीहरुको ७९ हजार सात सय ७७ पटकको कारोबारमा दुई करोड ४६ लाख ४१ हजार दुई सय ६१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम नौ अर्ब ३७ करोड ४१ लाख २२ हजार छ सय ५५ रुपैयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा चारवटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् ।
सो मध्ये वाणिज्य बैंक समूहको सूचक नौ दशमलव २३ अंकले घटेर १३ सय चार दशमलव २१ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि ५६ दशमलव ६५ अंकले घटेर पाँच हजार दुई सय ८५ दशमलव २३ अंकमा झरेको छ ।
फाइनान्स समूहको सूचक पनि ३० दशमलव १५ अंकले घटेर २३ सय ९७ दशमलव ७९ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि १० दशमलव तीन अंकले घटेर १३ हजार २५ दशमलव ६० अंकमा झरेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि २२ दशमलव ६८ अंकले घटेर १२ हजार दुई सय ३१ दशमलव ६२ अंकमा झरेकोमा होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक र अन्य समूहको सूचक पनि क्रमशः २३ दशमलव ३३, शून्य दशमलव १२, ५१ दशमलव ६४ र २७ दशमलव २६ अंकले घटेका छन् ।
जलविद्युत समूहको सूचक भने २१ दशमलव ५६ अंकले बढेर ३५ सय छ दशमलव ९१ अंकमा चढेकोमा लघुवित्त समूहको सूचक पनि एक दशमलव ९५ अंकले बढेर चार हजार छ सय २९ दशमलव ८० अंकमा पुगेको छ । सामूहिक लगानी कोष र व्यापार समूहको सूचक पनि क्रमशः शुन्य दशमलव शून्य चार र १८ दशमलव ५० अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा समाज लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा भुगोल इर्नर्जी डेपभमेन्ट कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सूचीमा भने राधी जलविद्युत कम्पनी परेको छ ।
प्रतिक्रिया