मंगलबार, वैशाख २३, २०८२

एक अंकले बढ्दा आठ अर्ब ७४ करोडको शेयर किनबेच

नेपालखोज २०८२ वैशाख २३ गते १५:३१

काठमाडौं । नेप्सेमा सामान्य करेक्सन देखिएको छ । अघिल्लो दिन ९ दशमल ६२ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने एक दशमलव तीन अंकले बढेर २ हजार ६११ दशमलव ४३ अंकमा पुगेको छ ।

यसैगरी क बर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १३ अंकले बढेर ४४० दशमलव २६ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय १८ वटा कम्पनीको ९० हजार ५४ पटकको कारोबारमा दुई करोड पाँच लाख ४२ हजार ७६४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८४६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समूहहरुको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन । जसमध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव ५७ अंकले घटेर १२ सय ९६ अंकमा झरेको छ । बिकास बैंक समूहको सूचक पनि २६ दशमलव ७२ अंकले घटेर पाँच हजार दुई सय २१ दशमलव ३७ अंकमा झरेको छ ।

फाइनान्स समूहको सूचक पनि ३० दशमलव २० अंकले घटेर २३ सय १३ दशमलव १५ अंकमा झरेकोमा होटेल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समूहको सूचक पनि क्रमशः २० दशमलव ९८, शुन्य दशमलव ४६, १४ दशमलव १९, शुन्य दशमलव शुन्य दुई र ३६ दशमलव ४८ अंकले घटेका छन् ।

जलबिद्युत समूहको सूचक भने ४८ दशमलव ७५ अंकले बढेर तीन हजार पाँच सय २६ दशमलव २६ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि १६ दशमलव ९४ अंकले बढेर १२ हजार नौं सय ९० दशमलव ७१ अंकमा चढेको छ । निर्जीवन बीमा समूहको सूचक पनि ७० दशमलव १६ अंकले बढेर १२ हजार तीन सय ३७ दशमलव ७५ अंकमा पुगेकोमा उत्पादनमुलक र व्यापार समूहको सूचक पनि क्रमशः २१ दशमलव सात र ९० दशमलव ६७ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नेपाल माईक्रो लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा वीन लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सानिमा माई हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ ।

प्रतिक्रिया