पाकिस्तानबाट भएको गोलीबारीमा एक अधिकारीको मृत्यु : कश्मीर मुख्यमन्त्री
नेपालखोज
२०८२ वैशाख २७ गते ८:४६

काठमाडाैं । जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानबाट भएको गोलीबारीमा एक अधिकारीको मृत्यु भएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेका छन्, ‘राजौरीबाट दुखद खबर । हामीले जम्मू कश्मीर प्रशासनिक सेवाका एक समर्पित अधिकारी गुमाएका छौं । हिजो मात्र उनी उपमुख्यमन्त्रीसँग जिल्लामा थिए र मेरो अध्यक्षतामा भएको अनलाइन बैठकमा भाग लिए ।’
अब्दुल्लाहले कि राजौरी शहरमा पाकिस्तान तर्फबाट गोलीबारी भइरहेको बताएका छन् । उनले लेखेका छन्, ‘आज पाकिस्तानले गरेको गोलाबारीबाट राजौरी शहरलाई निशाना बनाइएको थियो। यस क्रममा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको घर निशाना बन्यो र आक्रमणमा उनको मृत्यु भयो ।’
सम्बन्धित
प्रतिक्रिया