मे १७ बाट पुन: सुरु हुँदै आईपीएल, ३ मा जुनमा फाइनल
नेपालखोज
२०८२ वैशाख ३० गते ७:३४

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल २०२५) मे १७ बाट पुनः सुरु हुँदै छ । यस सिजनको फाइनल जुन ३ मा हुने छ ।
मे ८ मा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल रद्द भएपछि आईपीएल एक साताका लागि स्थगित गरिएको थियो ।
हिमाचल प्रदेशको धर्मशालामा आईपीएलमा पञ्जाब र दिल्लीबीचको खेल चलिरहेको थियो र यसैबीच रंगशालामा ब्ल्याकआउट भयो र खेल रद्द गरियो ।
भारतीय रक्षा मन्त्रालयका अनुसार मे ८ को राति पाकिस्तानले भारतका धेरै ठाउँमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया