सिभिल लघुवित्तले शतप्रतिशत हकप्रद शेयर आवेदन म्याद लम्ब्यायो
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २५ गतेदेखि निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयर आवेदन म्याद भदौ २९ गते सोमवारसम्म थपिएको छ ।
यस अघि भदौ १४ गतेसम्मको मिति तोकेको कम्पनीले १५ दिन थप गरी भदौ २९ गतेसम्मको अवधि कायम गरेको थियो । कम्पनीले १ बराबर १ कित्ता शेयर अनुपातमा रू १०० अंकित दरको रू ११ करोड ४१ लाख १४ हजार बराबरको ११ लाख ४१ हजार १४० कित्ता हकप्रद विक्री खुला गरेको हो । यस हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार १५ गते बुक क्लोज गरेको छ ।
बुक क्लोजको आधारमा असार १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद विक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत फागुन १४ गते अनुमति पाएको थियो ।
यस हकप्रद शेयरको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । आवेदन विक्री प्रबन्धकसँगै सिभिल लघुवित्तका सम्पूर्ण शाखा कार्यालय, सेञ्चुरी कमर्सियल बैंकका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणघाट, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
साथै आश्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत पनि घरमै बसेर दिन सकिनेछ । उक्त कम्पनीको हकप्रदलाई केयर रेटिङ्ग नेपालले वित्तीय आधारभूत अवस्था औषतमा रहेको संकेत गर्ने केयर एनपि आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ ।
हाल रू ११ करोड ४१ लाख १४ हजार चुक्तापूँजी रहेको उक्त कम्पनीको शतप्रतिशत हकप्रदपश्चात रू २२ करोड ८२ लाख २८ हजार पुग्नेछ ।
प्रतिक्रिया