मंगलबार, वैशाख ३०, २०८२

१४ अंकले ओरालो लाग्दा ९ अर्ब ६३ करोडको शेयर किनबेच

नेपालखोज २०८२ वैशाख ३० गते १५:३२

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । अघिल्लो दिन खुम्चिएको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि १४ दशमलव ८७ अंकले ओरालो लागेर २ हजार ६३४ दशमलव २३ अंकमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १ दशमलव ४१ अंकले ओरालो लागेर ४४४ दशमलव ७२ अंकमा झरेको छ । नेप्सेमा आज ३१४ वटा कम्पनीहरुको एक लाख दुई हजार ४४५ पटकको कारोबारमा दुई करोड १८ लाख २८ हजार २३१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार छ सय १२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा तीन वटा समूहहरुको सूचक बढेर बाँकी समुहहरुको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ४ दशमलव ३१ अंकले घटेर १३ सय ११ दशमलव ९३ अंकमा झरेकोमा फाइनान्स समूहको सूचक पनि ४७ दशमलव ७२ अंकले घटेर २४ सय १० दशमलव ८१ अंकमा झरेको छ ।

जलबिद्युत समूहको सूचक पनि ४० दशमलव ३९ अंकले घटेर तीन हजार पाँच सय ४८ दशमलव ६० अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ७२ दशमलव ६१ अंकले घटेर १२ हजार पाँच सय ५३ दशमलव ८५ अंकमा झरेको छ ।

बिकास बैंक समूहको सूचक भने २९ दशमलव ९५ अंकले बढेर पाँच हजार चार सय पाँच दशमलव ९९ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय ४५ दशमलव शुन्य छ अंकले बढेर १३ हजार चार सय ७० दशमलव ५६ अंकमा चढेको छ ।

यसैगरी उत्पादनमुलक समूहको सूचक पनि १८ दशमलव ५८ अंकले बढेर सात हजार दुई सय दुई दशमलव ७८ अंकमा चढेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा क्रेष्ट माईक्रो लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा गुराँस लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने युनिभर्सल पावर कम्पनी लिमिटेड परेको छ ।

प्रतिक्रिया