नेको इन्स्योरेन्सको ३ दिने अभिकर्ता आधारभूत तालीम सम्पन्न
नेपालखोज
२०७७ भदौ २८ गते १३:५७
काठमाडौं । नेको इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता आधारभूत तालीम कार्यक्रम सम्पन्न गरेको छ ।
यस बैंकले ग्राहकलाई बीमा सेवा प्रदान गर्न कम्पनीको बीमा अभिकर्ता नियुक्त गर्ने उद्देश्य अनुरूप भदौ २३ गतेदेखि २५ गतेसम्म कम्पनीले भर्चुअल माध्यमबाट सो तालीम आयोजना गरेको हो । भर्चुअल माध्यमबाट सञ्चालन गरिएको तालीममा सहभागीहरूको निकै उत्साह र उत्सुकतापूर्वक सहभागिता रहेको तथा ५० जना सहभागी भएको कम्पनीले जनाएको छ ।
देशको निर्जीवन बीमा बजारमा विगत २५ वर्षदेखि सेवा पुर्याउँदै आएको नेको इन्स्योरेन्सले पछिल्लो समय कम्पनीमा ख्यातीप्राप्त महतो समूहको प्रवेशसँगै अझ गतिशीलरूपमा सेवा प्रवाह गर्दै आएको बताएको छ ।
नयाँ व्यवस्थापनको प्रवेशपछि कम्पनीले विगत ६ वर्षयता हरेक वर्ष उल्लेखनीय रूपमा व्यवसाय वृद्धि गर्दै आएको कम्पनीको दाबी छ ।
सम्बन्धित
प्रतिक्रिया