बुधबार, जेठ १, २०८२

अल्ट्राभोइलेट राइड : काठमाडौं देखि नगरकोट सम्म

नेपालखोज २०८२ वैशाख ३० गते १६:३४

काठमाडौं । काठमाडौंदेखि नगरकोटसम्म हुने ‘अल्ट्राभोइलेट राइड’ जेष्ठ ३ गते (शनिबार) आयोजना हुँदैछ ।

केडिया अर्गनाइजेसनका बिजनेस हेड नवराज कोइरालाका अनुसार राइड काठमाडौंको नक्सालस्थित शोरुमबाट सुरू भई माइतीघर-नयाँ बानेश्वोर-भक्तपुर हुँदै नगरकोटमा पुगेर समापन हुनेछ ।

उक्त राइडमा अल्ट्राभोइलेटसँगै २०० सीसी माथिका अन्य कम्पनीका बाइक राइडर सहभागी हुने कोइरालाले जानकारी दिए । अफरोड र अनरोड दुवैको अनुभव दिलाउनका लागि यो राइड आयोजना गरिएको उनले बताए । राइडका लागि आवश्यक पर्ने बाइक र पेट्रोलको खर्च सहभागी राइडरले आफैं व्यवस्था गर्नुपर्नेछ भने अन्य खर्च कम्पनीले व्यहोर्ने कोइरालाले स्पष्ट पारे ।

थप जानकारीको लागि ९८०२३५६३१० मा सम्पर्क गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया