साफ यू–१९ च्याम्यिनसिप : भारतसँग नेपाल हार्याे

काठमाडौं । साफ यू–१९ च्याम्यिनसिपमा समूह ‘बी’ को खेलमा नेपाली टिम भारतसँग ४–० गोल अन्तरले पराजित भएको छ । समूह चरणको अन्तिम खेलमा जित निकालेको भारत समूह विजेता बन्न सफल भएको हो । पराजित भएसँगै नेपाल उप विजेता बनेको छ ।
भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा खेलको २८ औं मिनेटमा रोहेन सिंहले गोल गरे । यो गोल भएको एक मिनेट बित्न नपाउँदै ओमाङ्ग डोडुमले गोल गर्दा भारतले २–० को अग्रता बनायो ।
पहिलो हाफमा २–० ले पछि परेको नेपाल दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । भारतले एकपक्षीय दबाब बनायो। ७६ औं मिनेटमा रोहेनले व्यक्तिगत दोस्रो गोल गरे ।
भारतले यसअघि श्रीलंकालाई ८–० ले हराएको थियो । आयोजक ६ अंकसहित समूह विजेता बन्न सफल रहयो । नेपालले यसअघि श्रीलंकालाई ५–० ले हराएको थियो । ३ अंक सहित नेपाल समूहको दोस्रोमा छ ।
जितसँगै भारत भने शतप्रतिशत नतिजासहित ६ अंकका साथ समूह विजेता बन्यो । समूह चरणमा भारतले यसअघि श्रीलंकालाई ८–० ले पराजित गरेको थियो । नेपालले भने श्रीलंकाविरुद्ध ५–० को जित निकाल्दै समूह चरणमा तीन अंक मात्र जोड्न सक्यो ।
अब नेपालले सेमिफाइनलमा बंगलादेशको सामना गर्नेछ । आगामी मे १६ (शुक्रबार)मा नेपाल र बंगलादेशबीचको खेल हुने तालिका छ । यस्तै, प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भारतले माल्दिभ्सविरुद्ध खेल्ने तय भएको छ ।
प्रतिक्रिया