निक्षेप लगानीको लागि राष्ट्र बैकको प्रस्ताव, बैकमा १० करोड ८० लाख रुपैयाँ संस्थागत निक्षेप राखिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० करोड ८० लाख रुपैयाँ संस्थागत निक्षेप लगानी गर्नै भएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीको मुद्धती निक्षेपमा उक्त परिमाणको रकम लगानी गर्न लागेको हो । बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्धती निक्षेपकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि बिसं २०८२ जेठ पाँच गतेदेबि बिसं २०८३ जेठ पाँच गतेसम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही जेठ चार गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।
लगानीको लागि छुट्याईएको कुल रकम मध्ये वाणिज्य बैंकहरुको लागि आठ करोड ६४ लाख, बिकास बैंकहरुको लागि एक करोड ६२ लाख र फाइनान्स कम्पनीहरुको लागि ५४ लाख रुपैयाँ छुट्याईएको छ ।
रकम लगानी गर्न चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने न्युनतम शर्तहरु तोकिएका छन् ।
प्रतिक्रिया