बुधबार, जेठ १, २०८२

१३ अंकले घट्दा आठ अर्ब ७३ करोडको शेयर किनबेच

नेपालखोज २०८२ जेठ १ गते १५:३१

काठमाडौं । नेप्सेको ओरालो यात्राले साताको चौंथो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १४ दशमलव ८७ अंकले घटेको नेप्से आज पुन १३ दशमलव ९६ अंकले घटेर २ हजार ६२० दशमलव २७ अंकमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ३ दशमलव २८ अंकले घटेर चार सय ४१ दशमलव ४४ अंंकमा झरेको छ । नेप्सेमा आज ३१५ वटा कम्पनीको एक लाख १२ हजार ५७७ पटकको कारोबारमा एक करोड ८४ लाख ९६ हजार १३८ कित्ता शेयर-खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ७३ करोड ६५ लाख ७० हजार १०५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा दुई वटा समुहहरुको सुचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये बिकास बैंक समूहको सूचक ४६ दशमलव ८१ अंकले बढेर पाँच हजार ४७० दशमलव २० अंकमा चढेकोमा अन्य समूहको सूचक पनि ६० दशमलव ३२ अंकले बढेर २२ सय ९५ दशमलव ४८ अंकमा चढेको छ ।

वाणिज्य बैंक समूहको सूचक भने आज पाँच दशमलव २७ अंकले घटेर १३ सय छ दशमलव ९४ अंकमा झरेकोमा फाइनान्स समुहको सुचक पनि दुई दशमलव ३६ अंकले घटेर २४९ दशमलव ९ अंकमा झरेको छ । जलबिद्युत समुहको सुचक पनि ६९ दशमलव ५७ अंकले घटेर तीन हजार चार सय ७६ दशमलव ९७ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय १८ दशमलव ९३ अंकले घटेर १३ हजार तीन सय ३३ दशमलव ९५ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बिमा समुहको सुचक पनि १७९ दशमलव ९७ अंकले घटेर १२ हजार तीन सय ७१ दशमलव २३ अंकमा झरेकोमा होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समूहको सूचक पनि क्रमशः ११६ दशमलव ६९, एक दशमलव २०, ५५ दशमलव ५७, ११, शुन्य दशमलव शुन्य दुई र ५२ दशमलव ३४ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ओम मेगाश्री फर्मासिटिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुराँस लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने राधी जलबिद्युत कम्पनी लिमिटेड परेको छ ।

प्रतिक्रिया