आईसीसी महिला टी-२० विश्वकप : नेपालसँग बहराइन पराजित
नेपालखोज
२०८२ जेठ २ गते १६:१३

काठमाडाैं । नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बहराइनलाई पराजित गरेकाे छ ।
बिहीबार भएको खेलमा डिएल मेथडमा बहराइनलाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर थ्री मा पुग्ने आशा कायम राखेको हो ।
नेपालले समूह चरणको चार खेलमा ५ अंक जोडेको छ । चार अंक भएको हङकङ दोस्रो स्थानमा झरेको छ । लगातार दुई खेलमा हार भोगेको बहराइन १ अंकमा पुछारमा छ । नेपालसँगको हारले बहराइनको सुपर थ्रीमा पुग्ने आशा समाप्त भएको छ ।
सम्बन्धित
प्रतिक्रिया