आईपीएल आजदेखि पुन: सुरु हुँदै, बैंगलुरु र कोलकाता भिड्ने
नेपालखोज
२०८२ जेठ ४ गते ८:४४

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजदेखि पुन सुरु हुँदै छ । भारत र पाकिस्तानबीचको तनावका कारण मे ८ देखि रोकिएको आईपीएल आजबाट सुरु हुन लागेको हो ।
खेल बैंगलुरुमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ । आजको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
आईपीएलका बाँकी खेलहरू बैंगलुरु, जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबाद गरी ६ ठाउँमा सञ्चालन हुनेछन् ।
सम्बन्धित
प्रतिक्रिया