आइतबार, जेठ ५, २०८२

तीन अंकले घट्दा आठ अर्ब ५० करोडको शेयर किनबेच

नेपालखोज २०८२ जेठ ५ गते १५:२९

काठमाडौं । आज आइतबार नेप्से दुई दशमलव ७९ अंकले घटेर २६ सय नौं दशमलव पाँच अंकमा झरेको हो । यसैगरी क वर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८३ अंकले घटेर ४३८ दशमलव १७ अंकमा झरेको छ ।

नेप्सेमा आज ३९ वटा कम्पनीको ७९ हजार ८९३ पटकको कारोबारमा एक करोड ६९ लाख सात हजार ७३७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ५० करोड ९२ लाख २१ हजार ३१२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा तीन वटा समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये होटल तथा पर्यटन समूहको सूचक ६० दशमलव ३२ अंकले बढेर ६ हजार ९५१ दशमलव ९८ अंकमा चढेकोमा लघुवित्त र अन्य समूहको सूचक क्रमश: ५१ दशमलव ५६ र ९७ दशमलव ४३ अंकले बढेका छन् ।

वाणिज्य बैंक समूहको सूचक भने शुन्य दशमलव ४३ अंकले घटेर १३ सय एक दशमलव ३९ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक १२६ दशमलव २९ अंकले घटेर पाँच हजार २२४ दशमलव २८ अंकमा झरेको छ । फाइनान्स समूहको सूचक १० दशमलव १८ अंकले घटेर २ हजार ३७६ दशमलव ९० अंकमा झरेकोमा जलबिद्युत समूहको सूचक ४६ दशमलव २७ अंकले घटेर तीन हजार ४०८ दशमलव १५ अंकमा झरेको छ ।

जीवन बीमा समूहको सूचक ८९ दशमलव ६३ अंकले घटेर १३ हजार १९० दशमलव ६४ अंकमा झरेकोमा निर्जीवन बिमा समुहको सुचक पनि १०९ दशमलव २७ अंकले घटेर १२ हजार २१७ दशमलव १४ अंकमा झरेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा ओम मेगाश्री हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोेरेट डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी लिमिटेड परेको छ ।

प्रतिक्रिया