आइतबार, जेठ ५, २०८२

सिद्घार्थ बैंकका ग्राहकलाई होलिडे इन् रिसर्टमा १५ प्रतिशतसम्मको छुट

नेपालखोज २०८२ जेठ ५ गते १६:४७

काठमाडौं । सिद्धार्थ बैंक र होलिडे इन् रिसर्ट बुढानिलकण्ठबीच बैंकका ग्राहक महानुभावलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले बुढानिलकण्ठस्थित होलिडे इन् रिसर्ट काठमाडौंमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र सफ्ट बेभरेजमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकका अनुसार यो समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने छ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया