आइतबार, जेठ ५, २०८२

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गलाई होलिडे इन रिसोर्टमा विषेश छुट

नेपालखोज २०८२ जेठ ५ गते १७:५८

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गलाई बुढानिलकण्ठ स्थित होलिडे इन रिसोर्टमा आकर्षक छुट पाइने भएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र होलिडे इन रिसोर्टबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गलाई खाना र सफ्ट ड्रिङक्समा १५ प्रतिशत छुट दिने भएको छ । छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

ग्राहकवर्गलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधा बैंकले दिदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेवसाइटमा उपलब्ध छ ।

प्रतिक्रिया