बढ्यो सुनको मुल्य
नेपालखोज
२०८२ जेठ ६ गते ११:२१

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ वृद्धि भएको हो ।
सोमबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुन प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो ।
सम्बन्धित
प्रतिक्रिया