शुक्रबार, वैशाख १२, २०८२

बीमा समितिद्धारा कोरोना बीमाको नयाँ मापदण्ड ल्यायो

नेपालखोज २०७७ भदौ २९ गते १५:५४

काठमाडौं । बीमा समितिले कोरोना बीमाको मापदण्डमा संशोधन गरेको छ । उक्त संशोधित मापदण्ड अनुसार गत भदौ २८ गतेसम्म निजी प्रयोगशालामा परिक्षण गरेका गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएकाशरुले समेत पूरा दाबी भुक्तानी पाउने भएका छन् । त्यस पश्चातको मितिमा दाबी गरेको भुक्तानीमा रु १ लाखको दाबीमा रु २५ हजार पहिले र बाँकी रहेको रकम अस्पतालको बिल बमोजिम बढिमा रु ७५ हजारसम्म दिइने व्यबस्था गरिएको सूचना अधिकृत निर्मल अधिकारीले जानकारी दिए ।

होम आइसोलेसन तथा होटल आइसोलेसनमा बसेका बिमितहरुले दाबी भुक्तानीकालागि प्रमाण स्वरुप स्थानीय तहको सिफारिस ल्याउनु पर्नेछ भने अस्पतालमा भर्ना भएकाहरुले भर्ना र डिस्र्चाज भएको विलकागजात ल्यानुपर्ने उनले बताए । अधिकारीको अनुसार गलत रिर्पोट ल्याएमा वा संका लागेको अबस्थामा कोरोना दाबी सेटलमेन्ट समितिद्धारा छानबिन गरिने छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड(१९ परीक्षण गर्न सुचिकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाबाट पीसीआर परीक्षण गर्दा कोभिड १९ रोगको संक्रमण देखिएको खण्डमा सो परिक्षण रिर्पोटको सक्कल प्रति पेश गर्नुपर्ने मापदण्ड बनाएको छ । सो मापदण्ड अनुरुप प्रयोगशालामा काम गर्ने कर्मचारीले भने आफू कार्यरतबाहेकका प्रयोगशालामा परीक्षण गर्नुपर्ने छ ।

बीमा समितिले आइतबार कोरोना बीमा मापदण्ड २०७७ तथा कोरोना बीमालेखमा संशोधन गरेको हो । आइतबारसम्ममा ७५ लाख बराबरको प्रिमियम उठेको छ भने १३ लाखले बिमा गराएका छन् ।

प्रतिक्रिया