सोमवार शेयर बजारमा ३ अर्ब २१ करोडभन्दा बढीको कारोबार , परिसूचकमा ३.२६ अंकको बृद्धि
काठमाडौं । साताको दोस्रो दिन सोमवार शेयर बजारमा ३ अर्ब २१ करोड ४ लाख ७९ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस दिन १९० कम्पनीको उक्त रकम बराबरको ८८ लाख ३४ हजार २१५ कित्ता शेयर खरिद विक्री भएको हो ।
पछिल्लो समय शेयर कारोबारप्रति लगानीकर्ताहरुको आकर्षण बढीनै देखिन थालेको छ । कारोबार प्रणालीमा समस्या देखिदाँ पनि कारोबार रकममा भने उछाल आएको अवस्था छ । आइवार नेप्सेको कारोबार व्यवस्थापन प्रणाली टिएमएसमा समस्या आएका कारण प्रभावित बनेको बजारमा ३ अर्ब ३७ करोड ४१ लाख रूपैयाँ भन्दा बढीको शेयर कारोबार भएको थियो ।सोमवार कुनै प्राविधिक समस्याबाट कारोबार सम्पन्न भएको नेप्सेको भनाई छ ।
विगत लामो समयदेखि सर्वाधिक कारोबार गर्दे आएको नेपाल पुनर्बीमा कम्पनीले सोमवार पनि त्यो स्थान कायम राखेको छ यस दिन नेपाल पुनर्बीमा कम्पनीका २० करोड ४३ लाख ८ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्यमा भने अघिल्लो दिनभन्दा १६ रूपैयाँले कमि आएको छ । यस दिन नेपाल पुनर्बीमा कम्पनीको अन्तिम शेयरमूल्य ८८२ रूपैयाँ कायम भएको हो ।
सोमवारको कारोबारले नेप्से परिसूचक ३ दशमलव २६ अंक उकालो लागेर १ हजार ५४० दशमलव ५१ विन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १२ समूहमध्य बैंकिङ समूहको १ दशमलव २१ प्रतिशत, विकास बैंकको १ दशमलव १९ प्रतिशत, जलविद्युतको १ दशमलव शून्य ७ प्रतिशत, वित्त समूहको १ दशमलव शून्य २ र म्युचुअल फण्डको शून्य दशमलव ३६ प्रतिशत परिसूचक बढेको छ ।
त्यस्तै व्यापारिक समूहको शून्य दशमलव ११ प्रतिशत, होटल समूहको १ दशमलव १ प्रतिशत, निर्जीवन बीमा समूहको ३ दशमलव शून्य ४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव २३ प्रतिशत, अन्य समूहको शून्य दशमलव शून्य ३ प्रतिशत, लघुवित्तको शून्य दशमलव ८९ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ८१ प्रतिशत परिसूचक घटेको छ ।
सोमवार सर्वाधिक मूल्य बढ्नेमा धेरैजसो जलविद्युत कम्पनीहरु रहेका छन् । यो दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै एनआरएन लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९८ प्रतिशत, रिलायन्स लाइफ इन्स्योरेन्सको ९ दशमलव ९६ प्रतिशत, युनियन हाइड्रोको ९ दशमलव ८६ प्रतिशत, रिडी हाइड्रोपावरको ९ दशमलव ५२ प्रतिशत, आँखुखोला जलविद्युत कम्पनीको ९ दशमलव ५२ प्रतिशत, छ्याङ्दी हाइड्रोको ९ दशमलव ५२ प्रतिशत, बरुण हाइड्रोको ९ दशमलव ३५ प्रतिशत, सिनर्जी पावरको ९ दशमलव २२ प्रतिशत र दिव्यश्वरी हाइड्रोको ९ दशमलव शून्य ९ प्रतिशत शेयरमूल्य बढेको हो । सोमवार नेप्से परिसूचक सँगै ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव २८ अंकले बढेर ३०६ दशमलव २४ विन्दुमा पुगेको छ ।
प्रतिक्रिया