मोरङको सीमाबाट चांदी बरामद
नेपालखोज
२०८२ जेठ ७ गते १३:२५

काठमाडौं । मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका–१५ स्थित सीमा ईलाकाबाट जेठ ५ गते सशस्त्र प्रहरीले करीव २ केजी ९९७ ग्राम चाँदी बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको ५ लाख रुपैयाँ भन्दा बढिको चाँदी सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले झोलामा बोकी ल्याउँदै गरेको चाँदी छोडेर फरार भएका थिए । बरामद चाँदी आवश्यक अनुसन्धानको लागि बिराटनगर भन्सार कार्यालय मोरङ्गमा बुझाईएको छ । केही दिन यता मोरङको सीमा क्षेत्रमा चेकजाँचलाई तिब्र बनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया