मिथिला लघुवित्तको नेप्समा १५ प्रतिशत बोनस सेयर सूचीकृत
नेपालखोज
२०७७ भदौ २९ गते १७:२५
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । संस्थाको सोमबार मात्रै १५ प्रतिशत अर्थात एक लाख ५८ हजार ७ सय ९२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यससँगै उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा अपडेट हुने छ र दोश्रो बजारमा कारोबार हुने छ । उक्त सेयरको मूल्य घटेर ७ सय ९७ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १८ रुपैयाँ घटी हो ।
१२ करोड १७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको बजार पुँजीकरण ९९ करोड २१ लाख रुपैयाँ रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया