बुधबार, जेठ ८, २०८२

राष्ट्र बैंकका नवनियुक्त गभर्नरले लिए शपथ, आजैदेखि कार्यभार सम्हाल्ने

नेपालखोज २०८२ जेठ ८ गते ११:१६

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले आज नै पदभार सम्हाल्ने भएका छन् । निकै लामो रस्साकस्सीपछि नियुक्त भएका गभर्नर पौडेललाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ ग्रहण गराएका हुन् ।

अर्थमन्त्रालयमा राउतबाट शपथ लिएका पौडेलले आज नै केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हाल्ने भएका छन् । हिजो बसेको मन्त्रीपरिषद्को बैठकले उनलाई १८ औं गभर्नरका रुपमा नियुक्त गरेको हो ।

प्रतिक्रिया