बिहीबार, असार १९, २०८२

राष्ट्रिय सभामा वामदेवलाई सिफारिस

नेपालखोज २०७७ भदौ ३० गते ७:०५

काठमाडौं । सोमबारको मन्त्रिपरिषद बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनितका लागि सिफारिस गरेको छ ।

सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनित गर्ने एक सदस्य पद २०७६ फागुन २० गतेदेखि रिक्त थियो । सो पदका लागि नेकपा स्थायी समितिको यही भदौ २६ गते सम्पन्न बैठकले पनि वामदेवलाई पठाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया