बिहीबार, जेठ ९, २०८२

बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल

नेपालखोज २०८२ जेठ ९ गते १०:२०

बागमती । बागमती प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आज पनि छलफल जारी रहने सभामुखको सचिवालयले जनाएको छ । बैठक बिहान ११ः०० बजे हुनेछ ।

बुधबारको बैठकमा कृषि, उद्योग, वन र पर्यटक प्रवद्र्धनलाई बजेटले प्राथमिकता दिनुपर्ने सांसदहरुको सुझाव थियो । आव २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) छलफल जारी छ ।

प्रतिक्रिया