सोमबार, असार २३, २०८२

कस्तो छ आजको मौसम ?

नेपालखोज २०७७ भदौ ३० गते ९:२८

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले देशभरको मौसम बद्ली भएको छ । मौसम बद्ली भएपछि अहिले वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ ।  महाशाखाकाअनुसार काठमाण्डौ, चितवन, पोखरामा पनि वर्षा भइरहेको छ ।

त्यस्तै प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका एकरदुई ठाउँमा मध्यम खालको वर्षा भइरहेको महाशाखाले जनाएको छ । प्रदेश १ र २ का केही स्थानमा भने गएराति भारी वर्षा भएको छ ।

अहिले भने मध्यम वर्षा भैरहेको छ । झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास मध्ययम वर्षा भएकाले मेची, विरिङ, निन्दालगायत विभिन्न नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ । बङ्गालको खाडीबाट बनेको मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेकाले वर्षा भएको महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि देशभरको मौसम सामान्यतया बद्ली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक, दुई स्थानममा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै आज राति पनि कर्णाली र सुदूरपश्चिमबाहेक अन्य प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया