शनिबार, जेठ ११, २०८२

सातामा ४३ अर्ब ७० करोड रुपैंयाँको शेयर किनबेच

नेप्से २६ सय ८८ बिन्दुमा

नेपालखोज २०८२ जेठ १० गते १३:५०

काठमाडौं । यो साता सेयर बजार परिसूचक नेप्से २६ सय ८८ दशमलव ५५ बिन्दुमा कायम भएको छ । यसै गरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५७ दशमलव ९३ बिन्दुमा कायम भएको छ ।

धितोपत्र बजारमा यो साता तीन सय २४ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार चार लाख ४० पटकको कारोबारमा नौं करोड ५४ लाख २४ हजार तीन सय २८ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ४३ अर्ब ७० करोड १५ लाख ८८ हजार नौं सय ५७ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा आठ अर्ब रुपैंयाँले बढी हो ।

गत साता तीन सय २० वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार तीन लाख ८२ हजार चार सय ७० पटकको कारोबारमा आठ करोड १७ लाख ५९ हजार तीन सय २६ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ३५ अर्ब ६५ करोड ७४ लाख ३२ हजार तीन सय दुई रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुलेको थियो । जसमध्ये पहिलो र चौथो दिन घटेको नेप्से त्यसपछिका बाँकी दिनहरुमा लगातार बढेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलोे कारोबार दिन आईतबार नेप्से परिसुचक दुई दशमलव ७९ अंकले ओरालो लागेर २६ सय नौं दशमलव पाँच बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८३ अंकले ओरालो लागेर चार सय ३८ दशमलव १७ बिन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन सोमबार भने नेप्से परिसुचक १९ दशमलव ३० अंकले उकालो लागेर २६ सय २८ दशमलव ३६ बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १५ अंकले उकालो लागेर चार सय ४२ दशमलव ३२ बिन्दुमा चढेको थियो ।

तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचक ४९ दशमलव नौं अंकले उकालो लागेर २६ सय ७७ दशमलव ४५ बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ६८ अंकले उकालो लागेर चार सय ५१ दशमलव एक बिन्दुमा चढेको थियो । चौंथो कारोबार दिन भने नेप्से परिसुचक सात दशमलव ९४ अंकले ओरालो लागेर २६ सय ६९ दशमलव ५१ बिन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १७ अंकले ओरालो लागेर चार सय ५० दशमलव ८४ बिन्दुमा खुम्चिएको थियो ।

पाँचौं कारोबार दिन पनि नेप्से परिसुचक १९ दशमलव चार अंकले उकालोे लागेर २६ सय ८८ दशमलव ५५ बिन्दुुमा चढेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव आठ अंकले उकालो लागेर चार सय ५७ दशमलव ९३ बिन्दुमा चढेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल पुर्नबीमा कम्पनी, राधी जलबिद्युत कम्पनी, ङादी ग्रुप पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा ङादी ग्रुप पावर लिमिटेड अगाडि देखिएको छ । यसैगरी बजार पुंजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।

दैनिक सेयर कारोबार तालिका
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता संख्या कारोबार रकम
पहिलो दिन ३०९ ७९८९३ १६९०७७३७ ८५०९२२१३१२.६१
दोस्रो दिन ३२४ ७१२८७ १६२०५५५८ ७३५८८५५०८५.१८
तेस्रो दिन ३१० ७३०५४ १६८८८४५९ ७३१२७९०१९६.१७
चौंथो दिन ३१६ ८८१२१ २३०२६२४५ १०६९८६५१६८०.७०
पाँचौं दिन ३१४ ८६६८५ २२३९६३२९ ९८२२०७०६८२.४२
कुल ३२४ ४०००४० ९५४२४३२८ ४३७०१५८८९५७.०९
(श्रोत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

प्रतिक्रिया