शुक्रबार, वैशाख १२, २०८२

काठमाडौं महानगरपालिकाले अनलाइन प्रणालीमार्फत राजस्व संकलन गर्ने

नेपालखोज २०७७ भदौ ३० गते १३:०८

कठमाडौं । काठमाडौं महानगरपाकिलाले विद्युतीय प्रणालीमार्फत असोज १ गतेदेखि राजस्व संकलन गर्ने निर्णय गरेको छ ।

महानगरका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्यालले विद्युतीय प्रविधिमार्फत राजश्व संकलन गर्दा आगामी वर्षमा २० देखि ३० प्रतिशतसम्म राजस्व संकलन बढ्ने अपेक्षा गरिएको बताए । कर तिर्न आउने व्यक्तिलाई सम्मान गर्न नजान्दा कर तिर्न ढिलो आउने अथवा आउदै नआउने प्रवृतिको अन्त्य हुने उनको विश्वास छ । उनले भने यो प्रणाली लागू भएपछि कर तिर्न आउनेको संख्या र राजस्वको आधार समेत बढ्ने छ ।

अनलाइन प्रणाली आसोज १ गतेदेखि सुरुमा केही वडामा परीक्षणको रुपमा सुरुवात गरिने र विस्तारै सबै वडामा लागू गरिने अर्यालले बताए । अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने डेटा थाहा हुने उनको भनाइ थियो । यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने भएकाले काम गर्न सहज हुने महानगरको विश्वास छ ।

महानगरपालिकाले यसअघि नक्सा स्वीकृतिमा विद्युतीय माध्यमबाट हस्ताक्षर गर्न मिल्ने प्रणाली सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया