शुक्रबार, वैशाख १२, २०८२

बैंक-वित्तले कर्जा अवधिभर व्याज बढाउन नपाउने राष्ट्र बैंकको नयाँ निर्देशीका

नेपालखोज २०७७ भदौ ३० गते १४:०२

काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ निर्देशीका अनुसार व्याजदर परिवर्तन गर्ने, व्याज बढाउने, तरलताको आधारमा व्याजदर निर्धारण गर्ने कार्यमा बैंकवित्तलाई रोक लगाएको छ ।

केही समयअवधिका लागि व्याज सस्तो गर्ने र त्यसपछि बढाउने कार्यलाई निरुत्साहित गर्दै राष्ट्र बैंकले मंगलबार नयाँ एकीकृत निर्देशीका जारी गरेको हो । व्यक्तिगत कर्जामा अब निर्धारीत कर्जा अवधिभर बैंकवित्तले व्याज परिवर्तन गर्न नपाउने व्यबस्था गरिएको छ । जस अनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका सबै व्यक्तिगत कर्जामा व्याजदर परिवर्तन गर्न नपाउने भएका हुन् ।

अब व्यक्तिगत कर्जामा कर्जाको अवधिभर एउटै व्याजदर लागु हुने भएको छ । यो व्यबस्थापछि बैंकवित्तले व्याजदर परिवर्तन गर्न पाउने छैनन् । यसअघि बैंकहरुले सुरुमा सस्तो व्याज र पछि महंगो व्याज लिँदै आएका थिए । घर गाडि खरीदमा यस्तो कर्जा बढी प्रयोग हुँदै आएको छ ।

 

प्रतिक्रिया