मंगलवार ४.४७ अंक घट्यो बजार , कारोबार रकम १ अर्ब ८० करोडभन्दा बढी
काठमाडौं । केहि दिनदेखि लगातार उकालो लागेको शेयर बजार मंगलवार भने सामान्य अंकले घटेको छ । मंगलवार शेयर बजार ४ दशमलव ४७ अंक तल झरेको हो । अघिल्ला पाँच कारोबार दिन लगातार बढेको बजारमा नाफा कमाएका लगानीकर्ता नाफा बुक गर्न यो दिन लागेको देखिन्छ । मंगलवार शेयर बजार १ हजार ५३६ दशमलव शून्य ३ विन्दुमा झरेको हो ।
घटेको बजारमा मंगलवार १ अर्ब ८० करोड १ लाख ९७ हजार रूपैयाँ बराबरको ५७ लाख २३ हजार ५६३ कित्ता शेयर खरिद विक्री भएको छ । यस दिन सर्वाधिक रकमको शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको हो । यस कम्पनीको ११ करोड २१ लाख ८२ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । घटेर बन्द भएको बजारमा दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेको छ भने अन्य चार कम्पनीको ९ प्रतिशत भन्दा बढीले शेयरमूल्य बृद्धि भएको छ । एनआरएन लघुवित्तको ९ दशमलव ९२ प्रतिशत, रिलायन्स लाइफ इन्स्योरेन्सको ९ दशमलव ८६ प्रतिशत, खाँनीखोला हाइड्रोपावरको ९ दशमलव ८४ प्रतिशत र घलेम्दी हाइड्रोको ९ दशमलव ५९ प्रतिशत शेयरमूल्य बढेको हो ।
यो दिन सर्वाधिक गुमाउनेमा माउण्टेन हाइड्रो र राधी विद्युत कम्पनीका शेयरधनी रहेका छन् । माउण्टेन हाइड्रोको ४ दशमलव ८५ प्रतिशत र राधी विद्युतको ४ दशमलव शून्य २ प्रतिशत शेयरमूल्य घटेको हो । कारोबारमा आएका १२ समूहमध्य मंगलवार बजार बन्द हुदाँ म्युचुअल फण्डको शून्य दशमलव ३८ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव १८ प्रतिशत र होटल समूहको शून्य दशमलव ५९ प्रतिशत बढेको छ भने बाँकी समूहको घटेको छ । यस दिन व्यापारिक समूहको सर्वाधिक १ दशमलव ३७ प्रतिशत परिसूचक घटेको छ । त्यस्तै बैंकिङ समूहको शून्य दशमलव २४ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८२ प्रतिशत, जलविद्युतको शून्य दशमलव ७१ प्रतिशत, वित्तको शून्य दशमलव ३६ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव शून्य ४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ४१ प्रतिशत, अन्यको शून्य दशमलव ७३ प्रतिशत र जलवित्तको शून्य दशमलव १५ प्रतिशत परिसूचक घटेको छ । मंगलवार ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ५९ अंक घटेर ३०४ दशमलव ६५ विन्दुमा झरेको छ ।
प्रतिक्रिया