‘मोहन सिटौला व्यष्टि र समष्टि’ विमोचित

काठमाडौं । साहित्यकार मोहन सिटौलाको जीवनमा आधारित शारदा मासिकले प्रकाशन गरेको ‘मोहन सिटौला व्यष्टि र समष्टि’ विमोचित भएको छ । आज यहाँ आयोजित कार्यक्रममा पुस्तक विमोचन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले प्रस्तुत पुस्तकबाट सिटौलाको साहित्यिक योगदानबारे ध्यानाकर्षण गराउन मद्दत पुग्ने बताए ।
पुस्तकको समीक्षा गर्दै प्राडा देवी नेपालले पाँच खण्डमा विभाजित कृतिमा ५० नेपालीमा, चार अङ्ग्रेजीमा र चार शुभकामनासहितक ५८ जना लेखकका रचना रहेका जानकारी दिँदै पूर्ण समष्टिको एक अंश व्यष्टि र उस्तै किसिमका वा भएभएरका वस्तुहरुको मेल समष्टि हो भने ।
लेखकहरूले सिटौलालाई ‘नयाँ मुलुकका नाद’, बहुप्रतिभाका धनी, सिद्धिसुधा, चुचुरोका मान्छे, पीडाका पहाड फोर्दै उज्यालो रोप्ने, महारथी, विश्वमानवलगायत उपमा दिएका छन् । अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष सिटौलाका ११ पुस्तक प्रकाशित छन् । वयासी वर्षीय उनी अद्यापि साहित्य सृजनामा क्रियाशील हुन् ।
हाल अमेरिकामा रहेका उनले श्रव्यदृश्यका माध्यमबाट कार्यक्रममा आफ्ना अभिव्यक्ति प्रस्तुत गरेका थिए । पुस्तकको सम्पादन शारदाका प्रकाशक एवं सम्पादक विमल भौकाजीले गरेका हुन् ।
प्रतिक्रिया