सुनको मौज्दात २५० किलो बढाउँदै बैंकहरु
नेपालखोज
२०७७ भदौ ३१ गते ११:५९
काठमाडौं । बैंकहरुले थप एक सय किलो सुन आयात गर्ने तयारी भएको छ ।सुनको माग आउन थालेपछि बैंकहरुले विदेशबाट आयात गर्न थालेका छन् ।
गत साता मात्रै बैंकहरुले ५० किलो सुन आयात गरेका थिए । अहिले बैंकहरुसँग कुल १५० किलो सुन मौज्दात रहेको छ । लकडाउनका बेला साता(१० दिनमै १५० किलो हाराहारी सुन बिक्री भयो । बैंकर्स संघका प्रमुख कार्यकारी अनिल शर्माले भने, कुन समयमा कति सुन बिक्रि हुन्छ भन्ने नै अनुमान गर्न नसकिने भएकोले थप सुन आयात गर्दैछौं ।
सुनको मौज्दात २५० किलो हाराहारी राख्ने योजना बैंकहरुको हो । यसो गर्दा माग ह्वात्तै आयो भने पनि हाहाकार हुँदैन भन्ने बैंकहरुको विश्वास रहेको छ । सुनको आयत नेपालमा सबैले गर्न पाउँदैनन् । वाणिज्य बैंकहरुले मात्र सुन आयात गर्न पाउँछन । सुन ब्यवसायीले बैंकमार्फत सुन खरिद गर्नुपर्ने व्यबस्था छ ।
सम्बन्धित
प्रतिक्रिया