३५.७३ अंकले घट्याे नेप्से, ६ अर्ब ६७ करोडको किनबेच

काठमाडौं । नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने ३५.७३ अंकले घटेर २ हजार ६५८.९३ अंकमा झरेको छ । यसैगरी ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव छ अंकले घटेर ४५३.९२ अंकमा पुगेको छ ।
नेप्सेमा आज ३१५ वटा कम्पनीको ७५ हजार ५०८ पटकको कारोबारमा एक करोड ५५ लाख ३८ हजार ४७४ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ५ अर्ब ६७ करोड ९५ लाख ६१ हजार ३२४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा सबै समूहहरुको सूचक घटेर नेप्से राताम्मै भएको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक भने ३३.९ अंकले घटेर १ हजार ३७८.६५ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक ६४.११ अंकले घटेर पाँच हजार ५२२.४७ अंकमा झरेको छ ।
फाइनान्स समूहको सूचक २०.१० अंकले घटेर २ हजार ३८१.३८ अंकमा झरेको छ । जलबिद्युत समूहको सूचक ३३.३८ अंकले घटेर तीन हजार ४२५.४३ अंकमा झरेको छ । जिवन बिमा समूहको सूचक ९८.८७ अंकले घटेर १३ हजार १३३ दशमलव ९२ अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक ८५.९ अंकले घटेर १२ हजार ३०५.३६ अंकमा झरेको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा पियोर इर्नर्जी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा सप्तकोशी डेभलपेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीको सुचीमा भने राधी जलबिद्युत कम्पनी पहिलो स्थानमा परेको छ ।
प्रतिक्रिया