आइतबार, जेठ २६, २०८२

११ अंकले घट्दा ९ अर्ब १३ करोडको शेयर किनबेच

पहिलो कारोबार दिन नैं घट्यो नेप्से

नेपालखोज २०८२ जेठ २६ गते १५:३७

काठमाडौं । नेप्से घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार नैं नेप्से ११ दशमलव ६ अंकले घटेर २६ सय २९ दशमलव ८९ अंकमा झरेको छ ।

यसै गरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि २ दशमलव पाँच अंकले घटेर चार सय ४९ दशमलव २७ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय १३ वटा कम्पनीहरूको ८६ हजार छ सय ३६ पटकको कारोबारमा एक करोड ९९ लाख ९२ हजार एक सय ८१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम नौं अर्ब १३ करोड ७४ लाख १४ हजार नौं सय १८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरूको शेयर कारोबार भएकोमा जलविद्युत समूहको सूचक ४२ दशमलव ४२ अंकले बढेर तीन हजार चार सय ९३ दशमलव २६ अंकमा चढेकोमा होटल तथा पर्यटन समूहको सूचक पनि आठ दशमलव ४१ अंकले बढेर छ हजार सात सय ४७ दशमलव सात अंकमा चढेको छ । यि बाहेक बाँकी समूहहरूको सूचक भने घटेका छन् ।

जसमध्ये वाणिज्य बैंक समूहको सूचक १४ दशमलव ३६ अंकले घटेर १३ सय ५० दशमलव ६ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि तीन दशमलव ४७ अंकले घटेर ५४ सय ६३ दशमलव ७३ अंकमा झरेको छ । फाइनान्स समूहको सूचक पनि २१ दशमलव ५३ अंकले घटेर २३ सय ३१ दशमलव ३५ अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि एक सय दशमलव ४७ अंकले घटेर १२ हजार आठ सय सय ९६ दशमलव ५९ अंकमा झरेको छ ।

निर्जीवन बिमा समूहको सूचक पनि एक सय १६ दशमलव ३३ अंकले घटेर १२ हजार ९० दशमलव एक अंकमा झरेकोमा लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समूहको सूचक पनि क्रमशः शून्य दशमलव शून्य नौं, ५३ दशमलव १३, ३३ दशमलव ३४, शून्य दशमलव दुई, २२ दशमलव ९७ र नौं दशमलव ९२ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरूको सुचीमा पहिलो स्थानमा रिभर फल्स पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरूको सुचीमा पहिलो स्थानमा ओममेगाश्री फर्मासिटिकल्स लिमिटेड परेको छ । यसै गरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने राधी जलविद्युत कम्पनी परेको छ ।

प्रतिक्रिया