शनिबार, जेठ ३२, २०८२

गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटकको आगमन वृद्धि

नेपालखोज २०८२ जेठ ३१ गते ११:१०

मुग्लिन (चितवन) । गर्मी बढेसँगै इच्छाकामना पालिकाका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको आगमन बढेको छ ।

इच्छाकामनाका उर्दाङ्गढी, लामो झरना, सिराइचुली, हात्तीवाङ गाउँ, मायाटार, घुर्केश र इच्छाकामना मन्दिरमा आन्तरिक पर्यटक बढेका हुन् । होटल व्यवसायी सङ्घका पूर्व अध्यक्ष र दासीराम ढकालका अनुसार इच्छाकामनाका विविध भेगको प्राकृतिक सौन्दर्यमा रमाउन तथा र त्रिशूलीमा जल विहार गर्न आन्तरिक पर्यटक आउने गरेका छन् । चितवनका तराई क्षेत्रमा गर्मी बढ्दो छ तर यहाँ गर्मीको महसुस नै हुँदैन जाडो छ, पूर्व अध्यक्ष ढकालले भने ।

गर्मी बढेसँगै मायाटारसहित उर्दाङगढी, घुर्केश हात्तीवाङलगायत गाउँका घरबास भरिभराउ छन् । इच्छाकामना– २ मायाटारमा घरबास सञ्चालन गर्दै आएका टीका गुरुङले आन्तरिक पर्यटकको बाक्लो आगमनले आफूहरू उत्साहित भएको बताए । उनले भने, यहाँ बाह्रै महिना पर्यटकहरु आउने गर्छन् तर गर्मी मौसम आन्तरिक पर्यटकको चाप बढ्ने गरेको छ ।

उनका अनुसार गत वर्षको जेठमा मायाटार र घुर्केशमा दैनिक २० जनाको हाराहारीमा पर्यटक आउने गरेकामा हाल दैनिक ५० जना जना आउने गरेका छन् । शनिवार र अन्य सार्वजनिक बिदाका दिन अझ बढी पर्यटक आउने गरेको गुरुङले बताए ।

हाल घुर्केशमा १४ र मायाटारमा दुई वटा घरबास सञ्चालनमा रहेका जानकारी दिँदै इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले पालिका क्षेत्रका पर्यटकीय क्षेत्रमा पूर्वाधार सुधार तथा घरबास सञ्चालनमा सहयोग गर्दै आएको बताए ।

प्रतिक्रिया