पर्सामा ट्रकसँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
नेपालखोज
२०८२ जेठ ३१ गते १२:२९

वीरगञ्जरगञ्ज । पर्साको वीरगञ्जमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
शुक्रबार बिहान वीरगन्ज महानगरपालिकाको सिताराम चोकमा भएको दुर्घटनामा पर्साको छिपहरमाई गाउँपालिका–३ झलमैयाका २३ वर्षीय रामाकान्त यादव र सोही ठाउँका २३ वर्षीय विजय यादवको मृत्यु भएको हो ।
उनीहरुको नारायणी अस्पतालमा उपचारको क्रममा आज बिहान ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार अर्का २२ वर्षीय युवक विजय कुमार यादव घाइते छन् ।
बा प्र ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल सडकमा रोकिराखेको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकको पछाडि ठोक्किएको थियो ।
सम्बन्धित
प्रतिक्रिया