सातामा ५० अर्ब ४१ करोड रुपैंयाँको शेयर किनबेच
२६ सय ५५ बिन्दुमा खुम्चियो नेप्से

काठमाडौं । यो साता सेयर बजार परिसूचक नेप्से २६ सय ५५ दशमलव ३८ बिन्दुमा कायम भएको छ । यसै गरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५४ दशमलव नौ बिन्दुमा कायम भएको छ ।
यो साता तीन सय २४ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार चार लाख ३१ हजार आठ सय २० पटकको कारोबारमा ११ करोड १८ लाख ७४ हजार पाँच सय २२ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ५० अर्ब ४१ करोड ६० हजार एक सय २४ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा २१ अर्ब रुपैयाँले बढी हो ।
गत साता तीन सय ३५ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार दुई लाख ९५ हजार छ सय २४ पटकको कारोबारमा छ करोड ८४ लाख ६१ हजार छ सय १२ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम २९ अर्ब चार करोड एक लाख पाँच हजार चार सय ४३ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नै खुलेको थियो । जसमध्ये दोस्रो र तेस्रो दिन बढेको नेप्से त्यसपछिका बाँकी दिनहरूमा भने लगातार घटेको थियो ।
दैनिक शेयर कारोबारको विश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११ दशमलव छ अङ्कले ओरालो लागेर २६ सय २९ दशमलव ८९ बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव पाँच अङ्कले ओरालो लागेर चार सय ४९ दशमलव २७ बिन्दुमा झरेको थियो ।
दोस्रो कारोबार दिन सोमबार भने नेप्से परिसूचक २३ दशमलव १९ अङ्कले उकालो लागेर २६ सय ५३ दशमलव नौ बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४४ अङ्कले उकालो लागेर चार सय ५१ दशमलव ७२ बिन्दुमा चढेको थियो । तेस्रो कारोबार दिन मङ्गलवार पनि नेप्से परिसूचक २५ दशमलव सात अङ्कले उकालो लागेर २६ सय ७८ दशमलव १७ बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव पाँच अङ्कले उकालो लागेर चार सय ५६ दशमलव ७७ बिन्दुमा चढेको थियो ।
चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक १३ दशमलव ६९ अङ्कले ओरालो लागेर २६ सय ६४ दशमलव ४७ बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६८ अङ्कले ओरालो लागेर चार सय ५६ दशमलव आठ बिन्दुमा झरेको थियो । पाँचौँ कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक नौ दशमलव आठ अङ्कले ओरालो लागेर २६ सय ५५ दशमलव ३८ बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९९ अङ्कले घटेर चार सय ५४ दशमलव नौ बिन्दुमा कायम रहेको थियो ।
यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा राधी जलविद्युत कम्पनी, ङादी ग्रुप पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोबार भएको सङ्ख्याको आधारमा ङादी ग्रुप पावर लिमिटेड, राधी जलविद्युत कम्पनी लिमिटेड नै अगाडि देखिएका छन् । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।
दैनिक सेयर कारोबार तालिका
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता संख्या कारोबार रकम
पहिलो दिन ३१३ ८६६३६ १९९९२१८१ ९१३७४१४९१८.९३
दोस्रो दिन ३२४ ७८८४८ १७५०१८०२ ८६८९३५०३१९.६२
तेस्रो दिन ३११ ८१७३८ २३६९७१४५ १०१६०९८१०७६.१७
चौंथो दिन ३०७ ८१७०३ २२०७५७६९ ९९०७००५५७५.०८
पाँचौं दिन ३११ १०२८९५ २८६०७६८५ १२५१५३०८९६१.६१
कुल ३२४ ४३१८२० १११८७४५८२ ५०४१००६०१२४.४१
(श्रोत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड)
प्रतिक्रिया