शनिबार, जेठ ३२, २०८२

बैंकहरुले १० महिनामा कमाए झण्डै आधा खर्ब

कुन बैंकको भागमा कति नाफा ? हेनुहोस यस्तो छ अवस्था (सुचीसहित)

नेपालखोज २०८२ जेठ ३१ गते १७:१४

काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा झण्डै आधा खर्ब रुपैंयाँ खुद मुनाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको बैंकहरुको नाफा सम्वन्धी प्रतिवेदन अनुसार वाणिज्य बैंकहरुले चालु आवको पछिल्लो १० महिनामा कुल ४७ अर्ब ७९ करोड ४७ लाख रुपैंयाँ खुद मुनाफा कमाएका हुन ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरु मध्येमा सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । नबिल बैंकले चालु आवको बैशाख मसान्तसम्ममा पाँच अर्ब ६० करोड खुद मुनाफा कमाएको छ । यसैगरी ग्लोबल आईएमई बैंकले पाँच अर्ब ३५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पाँच अर्ब दुई करोड, कुमारी बैंकले ४८ करोड १९ लाख रुपैंयाँ खुद मुनाफा कमाएको छ । हिमालयन बैंकले ६८ करोड ३४ लाख रुपैंयाँ खुद मुनाफा कमाउँदा एनआईसी एशिया बैंकले ४७ करोड ८७ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।

नेपाल बैंक तीन अर्ब २८ करोड रुपैंयाँ खुद मुनाफा कमाउँदा चालु आवको १० महिनामा एभरेष्ट बैंक तीन अर्ब ९० करोड रुपैंयाँ खुद मुनाफा कमाएको छ । यसैगरी एनएमबी बैंकले दुई अर्ब ६२ करोड, माछापुच्छ्रे बैंक एक अर्ब ३१ करोड, लक्ष्मी सनराइज बैंक दुई अर्ब १५ करोड ।

सानिमा बैंक एक अर्ब ८७ करोड, सिद्धार्थ बैंक दुई अर्ब एक करोड, नेपाल एसबीआई बैंक एक अर्ब ३८ करोड, स्ट्याण्र्डड चार्टर्ड बैंक दुई अर्ब ३४ करोड, प्राइम कर्मसियल बैंक दुई अर्ब ५८ करोड, प्रभु कर्मसियल बैंक दुई अर्ब रुपैंयाँ खुद मुनाफा कमाएको छ । यसबाहेक सिटिजन्स बैंक एक अर्ब ८१ करोड, राष्ट्रिय वाणिज्य बैंक एक अर्ब ७७ करोड र कृषि विकास बैंकले एक अर्ब ७३ करोड रुपैंयाँ खुद मुनाफा कमाएको प्रतिवेदनमा उल्लेख छ ।

कुन बैंकको नाफा कति ? (रकम रु १० लाखमा)
क्र.स बैकको नाम खुद मुनाफा
१ नबिल बैंक ५६०३.९१
२ ग्लोवल आईएमई बैंक ५३५५.४१
३ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ५०२०.८३
४ एभरेष्ट बैंक ३९०३.३०
५ नेपाल बैंक ३२८८.७७
६ एनएमबी बैंक २६२५.४९
७ प्राईम कर्मसिययल बैंक २५८५.५९
८ स्टान्र्डड चार्टड बैंक २३४६.४२
९ लक्ष्मी सनराईज बैंक २१५६.५४
१० सिद्धार्थ बैंक २०११.१६
११ प्रभु बैंक २००१.४०
१२ सानिमा बैंक १८७०.५०
१३ राष्ट्रिय बाँणिज्य बैंक १७७०.४३
१४ कृषि बिकास बैंक १७३३.८०
१५ नेपाल एसबिआई बैंक १३८२.०७
१६ माछापुच्छे« बैंक १३१३.५३
१७ सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड ११८१.५१
१८ हिमालयन बैंक ६८३.४४
१९ कुमारी बैंक ४८१.९४
२० एनआईसी एशिया बैंक ४६८.७०
(श्रोतः नेपाल राष्ट्र बैंक)

प्रतिक्रिया