सोमबार, असार २, २०८२

झन्डै तीन अंकले बढ्दा १३ अर्ब १८ करोडको शेयर किनबेच

सामान्य अंकले बढ्यो नेप्से

नेपालखोज २०८२ असार २ गते १५:४८

काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन शून्य दशमलव ४७ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने दुई दशमलव ८० अंकले बढेर २६ सय ५८ दशमलव ६६ अंकमा पुगेको छ ।

क वर्गका कम्पनीहरूको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव २५ अंकले घटेर चार सय ५३ दशमलव १६ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय १८ वटा कम्पनीहरूको एक लाख पाँच हजार छ सय ३५ पटकको कारोबारमा तीन करोड ३६ लाख ३७ हजार नौ सय ६६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार सात सय ४२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक छ दशमलव ५७ अंकले बढेर १३ सय ५३ दशमलव ६१ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि १५ दशमलव ८६ अंकले बढेर ५४ सय ५६ दशमलव ७५ अंकमा पुगेको छ ।

जीवन बीमा समुहको सुचक पनि १५ दशमलव ५७ अंकले बढेर १२ हजार सात सय ९२ दशमलव शुन्य एक अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ३१ दशमलव १८ अंकले बढेर १२ हजार एक सय ९० दशमलव चार अंकमा चढेको छ । यि बाहेक होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि क्रमशः तीन सय २३ दशमलव ३७, २७ दशमलव ८४, शुन्य दशमलव शुन्य छ र तीन दशमलव ९१ अंकले बढेका छन् ।

यि बाहेक फाईनान्स समुहको सुचक भने २९ दशमलव ९६ अंकले घटेर २४ सय १० दशमलव २० अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ३७ अंकले घटेर ३६ सय ३९ दशमलव १४ अंकमा झरेको छ । यि बाहेक लगानी, उत्पादनमुलक र अन्य समुहको सुचक पनि क्रमशः शुन्य दशमलव १५, दुई दशमलव ३३ र सात दशमलव ६४ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पियोर इर्नर्जी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अपर हेवाखोला हाईड्रोपावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सानिमामाई हाईड्रोपावर कम्पनी परेको छ ।

प्रतिक्रिया