मंगलबार, असार ३, २०८२

वीरगन्जको अवैध गोदाममा सशस्त्रको छापा, २२ लाख भन्दा बढीको लत्ताकपडा बरामद 

नेपालखोज २०८२ असार २ गते १६:३१

काठमाडौं । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–६ रेशमकोटीबाट असार १ गते लुकाई छिपाई राखेको करिब २२ लाख ७१ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको छ ।

सोही ठाउँको एक घरमा भारतबाट अवैध रूपले ल्याएर लुकाई छिपाई गोदाम गरी राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज र भन्सार कार्यालयको संयुक्त टोलीले आइतबार साँझ छापा मारेको थियो । सो क्रममा ठुलो मात्रामा फेन्सी कपडा बरामद भएको  हो ।

बरामद लत्ताकपडा आवश्यक कारबाहीको लागि सोमबार वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको  छ ।

प्रतिक्रिया