बुधबार, असार ४, २०८२

सुनको मूल्यमा निरन्तर वृद्धि

नेपालखोज २०८२ असार ४ गते ११:०३

काठमाडौं । गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा ९०० र चाँदी ६५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९५ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी दुई हजार २२५ मा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया