बुधबार, असार ४, २०८२

३५ दिनको लागि आज पनि बैंकहरुबाट ९० अर्ब रुपैयाँ तानिने

अधिक तरलता नियन्त्रणमा राख्ने राष्ट्र बैंकको प्रयास

नेपालखोज २०८२ असार ४ गते १३:१३

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पुन ९० अर्ब रुपैयाँ खिच्ने भएको छ । कर्जाको मागमा सङ्कुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसंगै राष्ट्र बैंकले आज बुधवार मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिच्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार आज अपराह्न तीन बजेसम्ममा अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत उक्त परिमाणमा रकम तानिने छ । परिपक्व हुने अवधि ३५ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिति साउन सात गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री हुन लागेको हो ।

खरिदकर्ताहरूले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सीमा तोकिएको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाइनान्स कम्पनीहरूमा धितोकोरुपमा समेत राख्ने सकिने छ ।

प्रतिक्रिया